आज विश्व राजनीति संयुक्त राष्ट्रसङ्घबाट मात्र सञ्चालन हुँदैन। ईयू, अफ्रिकी सङ्घ, आसियान, खाडी सहयोग परिषद्, साङ्घाई सहयोग सङ्गठन हुँदै ब्रिक्स विस्तार भइरहेको छ । यी संस्थाहरूले संयुक्त राष्ट्रसङ्घलाई विस्थापित गर्ने कुरा गरिसकेका त छैनन्; तर तिनले आफ्नो क्षेत्रीय सुरक्षा, व्यापार, ऊर्जा, पूर्वाधार, लगानी, विकास र राजनीतिक हितमा क्षेत्रीय स्वामित्वको भावना विकास गरिरहेका छन्।
Source: OnlineKhabar Lifestyle (Nepali)
