काठमाडौं । टोखा नगरपालिका–१, झोरस्थित महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा पठनपाठन सुरु गरिएको छ। मातृभाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा भाषाप्रतिको रुचि बढाउने उद्देश्यले शुक्रबार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसँगै विद्यार्थीलाई विद्यालय झोलासमेत वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी प्रमुख अतिथि थिए।…
Source: OnlineKhabar Lifestyle (Nepali)