काठमाडौं धापासीका डा. सुरजबहादुर थापाले नर्वे बसेर चिकित्सा पेसा मात्र अपनाएका छैनन्, आप्रवासन र मानसिक स्वास्थ्यलाई अनुसन्धानको प्रमुख विषय बनाएका छन् । उनले शरणार्थी, विस्थापित, युद्ध र आघातबाट प्रभावित तथा नयाँ देशमा जीवन सुरु गर्ने आप्रवासीको मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिरहेका छन् ।
Source: OnlineKhabar Lifestyle (Nepali)
