२० असोज, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढीपहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मत धमाधम भइरहेको छ। पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमामा रहेको कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको यो सडक असोज दोस्रो साताको वर्षापछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो।…
Source: OnlineKhabar Lifestyle (Nepali)
