हाम्रो वरिपरि रहेका मानिसहरूको व्यक्तित्वमा कुनै न कुनै विशेषता हुन्छ, जसले उनीहरूलाई अरूभन्दा फरक बनाउँछ । कसैलाई धेरै उत्साही देखिन्छ, कोही शान्त र धैर्यवान हुन्छन् भने कोही सानो कुरामै तनाव वा रिसमा आउँछन् । आखिर मानिसको मुड र व्यवहारमा यस्ता फरक किन देखिन्छन् ? मानिसको मुड, व्यवहार र भावनामा न्युरोट्रान्समिटर तथा हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ…
Source: OnlineKhabar Lifestyle (Nepali)