२९ कात्तिक, काठमाडौं । २२ करोड रुपैयाँ बराबरको कोकिनसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए । हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुनसक्ने भन्दै संकित व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेको प्रहरीले बताएको छ…
Source: OnlineKhabar Lifestyle (Nepali)
