अस्ट्रेलिया। न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध हुने भएकी छन्। अब उनले विश्वविद्यालयमा विद्यार्थी तथा अनुसन्धानकर्तासँग अनुभव साट्दै अतिथि व्याख्यान, विशेष कक्षा र मेन्टरसिपमार्फत नेतृत्व विकासमा योगदान दिनेछिन्। विश्वविद्यालयले अक्टोबर २७ मा सार्वजनिक गरेको जानकारीअनुसार आर्डर्नलाई ‘प्रोफेसर अफ प्राक्टिस’ पदमा नियुक्त गरिएको जनाएको छ । उनी विश्वविद्यालयको स्वास्थ्य तथा चिकित्सा संकायअन्तर्गत…
Source: OnlineKhabar Lifestyle (Nepali)
