२६ असोज, काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले थप अनुसन्धान तथा कारबाहीका लागि सुनसहित पक्राउ परेका तीन चिनियाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको बताए । भन्सार कार्यालय पठाइएपछि प्रहरीले आफ्नो पाटोबाट यसका थप नेक्ससहरू पत्ता लगाउन…
Source: OnlineKhabar Lifestyle (Nepali)
