२३ असोज, काठमाडौं । सरकारले सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई नायब महान्यायाधिवक्तामा बढुवा गरेको छ । न्याय सेवा आयोगको सिफारिसमा सरकारले नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापना समेत गरेको हो । नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीको अवकाशपछि रिक्त पदमा नेउपानेको बढुवा भएको हो ।
Source: OnlineKhabar Lifestyle (Nepali)
